पहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित पहिरोमा परी ज्यान भएका व्यक्तिका परिवारलाई राहत वितरण गरेका छन्।
असार ३० गतेको पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई नगद सहित खाद्यान्न, कम्बल, त्रिपाल लगायतका सामग्री वितरण गरिएको हो। त्यस अवसरमा पहिरोमा परी घाइते भएका घाइतेहरु होमनाथ पाण्डे, बिरबहादुर रानालाई पनि राहत वितरण गरिएको थियो।
संघीय सरकारका तर्फबाट १ लाख र प्रदेश सरकारबाट ५० हजार र स्थानीय सरकारका तर्फबाट ३० हजार रुपैयाँ सहयोग मृतकका परिवारलाई नगद सहयोग गरिएको थियो। गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानद्वारा राहत हस्तान्तरण गरिएको थियो।