शुक्लाफाँटा नगरपालिकाको वडा कार्यालयमा आगजानी

शुक्लाफाँटा नगरपालिकाको वडा कार्यालयमा आगजानी

कञ्चनपुरको शुक्लाफाटा नगरपालिका, वडा नम्बर ७ को कार्यालयमा पहिचान हुन नसकेको समूहले आगजानी गरेको छ।

बिहीबार राति झ्यालको सीसा तोडफोड गरी कार्यालयमा आगो लगाएको वडा अध्यक्ष जगतबहादुर सिंहले जानकारी दिए।

आगजानीबाट कार्यालयमा भएका कुर्सी,सोफा, कम्प्युटर, फोटोकपी मेसिन लगायत कार्यालयका कागजात जलेर नष्ट भएको सिंहले बताए।

कार्यालयको मूल ढोका फुटाउन नसकेपछि झ्यालको सीसा तोडेर प्रज्वलजशील बस्तु छर्केर आगो लगाएको उनले बताए। 
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। 
 


Leave a Reply

Your email address will not be published.