अस्पतालबाट अमिताभले ‘जीन्दगीका उल्झनलाई मौनतामा दबाएर राख्न’ भनेपछि…
बलिउड नायक अमिताभ बच्चन यतिबेला कोरोना भाइरसको संक्रमणसँग लडिरहेका छन्।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी नानावति अस्पतालमा उपचार गराइरहेका छन्।
अस्पतालको श्यायाबाट उनी आफ्नो स्वास्थ्यबारे शुभचिन्तकलाई निरन्तर जानकारी दिइरहेका छन्।
बिहीबार अमिताभले इन्स्टाग्राममार्फत आफ्नो स्केच शेयर गर्दै जिन्दगी र चिन्ताका बारेमा आफ्नो भनाइ व्यक्त गरेका छन्।
‘जीन्दगीका उल्झनलाई मौनताभित्र दबाएर राख्नुस्, चिच्याहटले कठिन घडीको सामना गर्न सक्दैन,’ उनले भनेका छन्।
बच्चन परिवारका सबै सदस्यलाई कोरोनाको संक्रमण देखिएपछि उनीहरू अस्पतालमा छन्।