सुनचाँदीकाे भाउ हालसम्मकै उच्च, ताेलाकाे कति?

सुनचाँदीकाे भाउ हालसम्मकै उच्च, ताेलाकाे कति?

पहेँलो धातु सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ। सँगसँगै चाँदीको मूल्य पनि उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन तोलाको ९४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ। यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो। 

हिजो बुधबारको दाँजोमा आज छापावाल सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको हो। मंगलबार भने एकै दिन तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ९४ हजारमा किनबेच भएको थियो। 

महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९४ हजार ६५ रुपैयाँ कायम भएको छ। बुधबारको तुलनामा ५ सय ५ रुपैयाँ बढेको हो।

त्यसैगरी चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार १ सय ४५ रुपैयाँ पुगेको छ।  

महासंघका अनुसार साउन १ मा छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय, २ गते ९२ हजार २ सय, ४ मा ९२ हजार ५ सय, ५ मा ९२ हजार ३ सय, ६ मा ९२ हजार ७ सय र ७ गते ९४ हजार रुपैयाँमा किनबेच भएको थियो। 

त्यस्तै चाँदीको भाउ साउन १ मा तोलाको १ हजार ५, २ मा ९ सय ९५, ४ मा १ हजार ५, ५ मा १ हजार, ६ मा १ हजार ४० र ७ गते १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो। 


Leave a Reply

Your email address will not be published.