लिभरपुलले ३० वर्षपछि उचाल्याे प्रिमियर लिगकाे ट्रफी
लिभरपुलले एनफिल्डमा चेल्सीलाई बुधबार राति ५-३ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिग ट्रफी उचालेको छ। योर्गन क्लोपको प्रशिक्षणमा रहेको लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको ट्रफी उचालेको हो ।
च्याम्पियन लिभरपुलले घरेलु भूमिमा यस सिजन खेलेका १९ मध्ये १८ जितेको छ। टोलीले ९६ अंक बटुल्यो छ। चेल्सी ६३ अंकसहित चौथो स्थानमा रहेको छ। चेल्सीलाई युरोपेली च्याम्पियन्स लिगमा छनोट हुन अब १ अंक आवश्यक छ।
लिभरपुलका लागि नेबी केइटा, ट्रेन्ट एलेक्जान्डर आर्नोल्ड र जर्जिनो, रोबर्टो फिरमिनो र एलेक्स अक्सले च्याम्बरलिनले गोल गरेका थिए।
रोमाञ्चक बनेको खेलमा चेल्सीका ओलिभर जिरोडले दिलाएको अग्रतामा टमी अब्राहम र क्रिस्टियन पुलिसिचले गोल थपेका थिए।
दिनको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामस“ग १–१ को बराबरी खेलेको थियो। म्यानचेस्टर पनि ६३ अंक लिएर तेस्रो स्थानमा छ। च्याम्पियन्स लिग छनोटका लागि लेस्टर (६२) हुने खेलमा एक अंक आवश्यक पर्नेछ।