मध्यप्रदेशका मन्त्री भदौरियालाई कोरोना संक्रमण
भारतको मध्यप्रदेशका मन्त्री अरविन्द भदौरियालाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
मन्त्रीले बुधबार भएको मन्त्रिपरिषद बैठक र राज्यपाल लालजी टण्डनको अन्तिम संस्कारमा सहभागिता जनाएका थिए।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि भदौरियालाई भोपालको एक अस्पताल भर्ना गरिएको छ।
मन्त्री भदौरियामा कोरोना भाइरसको कुनै लक्षण नदेखिएको भए पनि संक्रमण पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।