अमिताभ र अभिषेकको पहिलो रिपोर्ट नेगेटिभ
बलिउड महानायक अमिताभ बच्चनको पहिलो रिर्पोट नेगेटिभ आएको छ।
१२ दिनदेखि कोरोना भाइरस संक्रमणको उपचारका लागि नानावति अस्पतालमा रहेका अमिताभको बिहीबार स्वाब रिर्पोट नेगेटिभ आएको हो।
अमिताभसँगै अस्पताल भर्ना भएका छोरा अभिषेक बच्चनको पनि पहिलो रिर्पोट नेगेटिभ आएको छ।
अमिताभको अब थप दुई पटकको स्वास्थ्य रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज हुनेछन्।
बुवा अमिताभ र छोरा अभिषेक १२ दिनदेखि अस्पतालमा रहेका भए पनि बुहारी ऐश्वर्या र नातिनी आराध्या होम क्वारेन्टाइनमा बसेका थिए। पछि उनीहरूलाई पनि अस्पताल भर्ना गरिएको थियो।
पहिलो रिर्पोट नेगेटिभ आएसँगै अभिषेक बच्चन आजै डिस्चार्ज हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन्। ऐश्वर्या राई र आराध्याको रिर्पोट भने आउन बाँकी छ।