झापामा एकैदिन बगेर र डुबेर तीनको मृत्यु, दुई बालक बेपत्ता

झापामा एकैदिन बगेर र डुबेर तीनको मृत्यु, दुई बालक बेपत्ता

झापामा हिजो  एकैदिन पानीमा डुबेर  तीनजनाको मृत्यु भएको छ।  दुई जना बेपत्ता भएका छन्।

हिजो राति ८ बजेतिर भद्रपुर नगरपालिका २ बस्ने अनिल तामाङका १० वर्षीय छोरा अंकुश तामाङको मृत्यु भएको हो। अंकुश  घर नजिकैको नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अबस्थामा मृत  फेला परेको प्रहरीले जनाएको छ।

दिउँसो २ बजेतिर घरबाट खेल्न निस्केका उनी  अबेरसम्म  घर नफर्किएपछि खोजी सुरु गरिएको थियोे। सो क्रममा उनी सिमसार क्षेत्रमा मृत फेला परेका  थिए।

उनीसँगै खेल्न गएका सोही ठाउँका कमला थामीका छोराहरु १४ वर्षका करण  र उनका भाइ १२ वर्षका अर्जुन थामी बेपत्ता  छन्। राति २ बजेसम्म खोजी गर्दा उनीहरु नभेटिएको  प्रहरीले जनाएको छ। 

आज बिहानदेखि पुनः  खोजी सुरु गरिएको जनाइए पनि हालसम्म फेला नपरेको सीमा प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ। 
हिजै साँझ  दमक नगरपालिका २ स्थित रतुवा खोलाको किनारमा इलाम चुलाचुली गाउँपालिका ५ बस्ने ४५ वर्षिय राम केरुङ मृत फेला परेका छन्।

खोलाले बगाएर ल्याएको घोप्टो परेको अवस्थामा उनको लाश फेला परेको थियो। हिजो बिहान दमक बजारबाट घर फर्कने क्रममा रतुवा खोला तर्दा उनलाई बगाएको थियो ।त्यस्तै साँझ ७ बजे झापा गाउँपालिका ६ झाँक्री चक्रमारी बस्ने ६५ वर्षीया हरिमाया सार्की मृत फेला परेकी छन्।

 निउरो टिपेर फर्कने क्रममा  खेतको आलीबाट लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी छारे रोगी भएको परिवारलाई उधृत गर्दै झापा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले जनाए।


Leave a Reply

Your email address will not be published.