नेपाली खेलाडीले अनलाइन भिडियो पुम्सेमा जिते चार स्वर्ण

नेपाली खेलाडीले अनलाइन भिडियो पुम्सेमा जिते चार स्वर्ण

नेपाली खेलाडीले लकडाउन कोभिड-१९ अनलाइन भिडियो पुम्से च्याम्पियनसिपअन्तर्गत ब्ल्याकबेल्टमा ४ स्वर्ण, ३ रजत र १४ कांस्य पदक जितेका छन्। 

अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले आयोजना गरेको प्रतियोगितामा नेपालका कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण जितेका छन्।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी पाँच खेलाडीमध्ये कमल र पार्वतीले स्वर्ण पदक दिलाए।

३० वर्षको विधामा कमलले नेपालकै हस्तबहादुर तामाङलाई पछाडि पार्दै स्वर्ण जिते। जितबहादुर बोट र प्रेमबहादुर लिम्सो तेस्रो भए।  
महिला ३० वर्षमा पार्वती पहिलो भइन्।

नेपालकी सन्जिला तिमल्सिनाले कांस्य जितिन्। सात वर्षमुनि नेपालका निकुनले स्वर्ण जित्दा महिला ९ वर्षमुनि विधामा सरगम च्याम्पियन भइन्।  

११ वर्षमुनि पुरुषमा नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कांय पदक जिते। महिला १४ वर्षमुनि सन्ध्या लामा, १७ वर्षमुनि पुरुषमा दिपेश गुरुङ र महिलामा मोनिका रम्तेलले कांस्य जितेका थिए।

पुरुषतर्फ सुरज श्रेष्ठ, रेशमाया गुरुङ, मधुसुदन सापकोटा र पर्शुनाराण बाहेराले आफ्नो विधामा कांस्य जिते। ६० वर्ष उमेरसमूहमा फणिन्द्र खड्काले रजत जिते।

डेइडो, युएसए, एभरेष्ट तेक्वान्दो संघ र युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) को सहयोगमा भइरहेको प्रतियोगतामा पठाइएको श्रव्यदृश्यलाई विश्व तेक्वान्दो महासंघबाट मान्यता प्राप्त निर्णायक प्यानलले मूल्यांकन गरी नतिजा सार्वजनिक गरिएको हो। नेपालबाट अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गरेका थिए।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीको मनोबल कायम राख्ने उद्देश्यले प्रतियोगिा आयोजना गरिएको आइओएफटिसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले जनाएका छन्। १३औं संस्करण अमेरिकाको मिचिगनमा मे १ र २ तारिखमा हुने तालिका थियो। 


Leave a Reply

Your email address will not be published.