कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

श्वास प्रश्वासमा कठिनाई भइ नारायणी अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका ति पुरुषको साउन ७ गते मृत्यु भएको मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै थप १ सय ५६ जनाले कोरोना जितेका छन्। 


Leave a Reply

Your email address will not be published.