सुदूरपश्चिममा ३७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा ३७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

डडेलधुरा कोरोना परीक्षण प्रयोगशालामा ४ र सेती प्रादेशिक अस्पताल धनगढीको कोरोना परीक्षण प्रयोगशालामा ३३ जना गरी २४ घण्टामा ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा थपिएका संक्रमितहरू मध्य डडेलधुरा अस्पतालमा गरिएको परीक्षणमा डडेलधुराका दुई तथा डोटीका दुई जना रहेका छन्। 

यसैगरी सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका ३०, कैलालीका २ र बझाङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। 

उनका अनुसार संक्रमितहरूमा वेल्डाँडी गाउँपालिकाका २ महिला र ११ पुरुष तथा शुक्लाफाँटा नगरपालिका कञ्चनपुरका तीन महिला र १० पुरुष रहेका छन्। कञ्चनपुरका ४ जनाको भने पालिका पहिचान हुन नसकोको जनाइएको छ। योसँगै सुदूरपश्चिममा कुल संक्रमतिको संख्या चार हजार ४६ पुगेको छ।

हालसम्म सुदूरपश्चिमबाट दुई हजार बढी कोरोना संक्रमित निको भएर घर फर्केका छन् भने ८ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.