उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

उद्योग वाणिज्य महासंघको चुनाव स्थगित

नेपाल उद्योग वाणिज्य महासंघको चुनावी साधारणसभा स्थगित भएको छ।

साउन २६ र २७ गतेका लागि तोकिएको ५४ औं साधारणसभा स्थगित भएको महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले आयोमेललाई जानकारी दिए। 
सरकारले भदौ १ गतेसम्म सभा, सम्मेलन गर्न रोक लगाएका कारण अभिवेशन सार्नुपरेको उनले बताए। 

‘अधिवेशनको अर्काे मिति चाँडै तय गर्छाैं धेरै ढिला नहोला’ उनले भने ‘यदि धेरै ढिला हुने अवस्था आयो भने नयाँ मोडालिटी बनाएर अघि बढ्छौँ।’ 

बिहीबार साँझ बसेको महासंघको वर्तमान कार्यकारिणी समिति र पूर्वअध्यक्षहरुको संयुक्त बैठकले चुनावी साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। 

सरकारले साउन ६ गते मध्यरातिदेखि लकडान हटाए पनि भाेज, सभा, सम्मेलनमाथिकाे प्रतिबन्ध यथावत राखेकाे छ। जसकाे असर महासंघकाे चुनावी साधारणसभामा परेकाे हाे।


Leave a Reply

Your email address will not be published.