चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

चोरी मुद्दामा फरार सुजन दाहाल र मिलन पाण्डे पक्राउ परेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा ५ सुवर्णचोक बस्ने २५ वर्षीय सुजन र सूर्यविनायक-६ बनाचौर बस्ने ३२ वर्षको मिलन पाण्डेलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

उनीहरुरूलाई चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०७५ असार ११ गते १ वर्ष ६ महिना कैद र २ लाख २७ हजार एक सय रुपैयाँ जरिवाना फैसला सुनाइएको थियो। उनीहरूलाई भक्तपुर प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो। 


Leave a Reply

Your email address will not be published.