६५ बोतल कोरेक्ससहित बाँकेमा दुईजना पक्राउ
प्रतिबन्धित लागुऔषध कोरेक्ससहित बाँकेमा दुईजना पक्राउ परेका छन्। डुडुवा गाउँपालिका- १ का ३० वर्षीय आशिष अहिर र सोही ठाउँकाका २७ वर्षीय राजकुमार यादव ६५ बोतल कोरेक्ससहित पक्राउ परेका हुन्।
डुडुवा गाउँपालिका- १ बाट बुधबार राती दुबै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।