सामुदायिक वनमा घेरबार गर्दा एसएसबीको धम्की

सामुदायिक वनमा घेरबार गर्दा एसएसबीको धम्की

भरतसँग सीमाना जोडिएको कञ्चनपुरका एक सामुदायिक वनले आफ्नो क्षत्राधिकारको जमिनमा घेरबार गर्न खोज्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अबरोध गरेको छ। 

कञ्चनपुरको भीमदत्त नगरपालिका- ९ ब्रह्मदेवउस्थित सिद्धनाथ सामुदायिक वनले आफ्नो कार्य क्षेत्रको सार्वजनिक जमिनमा तारबार निर्माण गर्न खोज्दा अबरोध गरेको स्थानीयले जनाएकाछन्। 

सामुदायिक वन क्षेत्रको जमिन संरक्षण गर्नका लागि तारबार लगाउँन सुरु गर्दा भारतीय एसएसबीले अनावश्यक विवाद झिकिरहेको सिद्धनाथ सामुदायिक वनका सहसचिव रमेश धानुकले बताए। बाँझो जमिनमा सफाइ गरेर चारैतिर घेरबार गरी वृक्षरोपण कार्यक्रम अघि बढाउने क्रममा भारतीय एसएसबीले धम्की दिएको उनले बताए। 

भारतीय एसएबसीले ब्रह्मदेव क्षेत्रमा जहिले पनि अनावश्यक अवरोध तथा नेपाली भूमिमाथि हस्तक्षेप गर्दै आएको छ। आफ्नै भूमिको संरक्षण गर्दा भारतीय पक्षबाट अवरोध भएपछि स्थानीयले भारतको विरोध गरेका छन्।


Leave a Reply

Your email address will not be published.