नेपालको आर्थिक वृद्धि  २.१ प्रतिशतमा अड्ने

नेपालको आर्थिक वृद्धि  २.१ प्रतिशतमा अड्ने

विश्व बैंकले कोभिड–१९ का कारण चालु आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि दर खुम्चिने प्रक्षेपण गरेको छ।

‘नेपाल डेभलपमेन्ट अपडेट २०२०’ प्रतिवेदन बिहीबार सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिद्धर गत आर्थिक वर्ष २०२० (२०७६/७७) मा १.८ प्रतिशत र चालु आव २०२१ (२०७७/७८) मा २.१ प्रतिशतमै सीमित हुने बताएको हो। 

विश्व बैंकले यसअघि नेपालको गत आर्थिक वर्षको वृद्धिदर १.५ देखि २.८ प्रतिशतको बीचमा सीमित हुने बताएको थियो। केन्द्रीय तथ्यांक विभागले भने गत आर्थिक वर्षको आर्थिक वृद्धिद्धर २.३ प्रतिशत हुने प्रारम्भिक आकलन गरेपनि संकुचन हुने देखिएको हो। 

सरकारले कोरोना कहरमा पनि उच्च आर्थिक वृद्धिको लक्ष्य लिएको छ। अर्थमन्त्री युवराज खतिवडाले चालू आवमा ७ प्रतिशत आर्थिक वृद्धि हुने घोषणा गरेका थिए। तर, विश्व बैंकले त्यसको विपरीत चालु आवमा आर्थिक वृद्धिद्धर २.१ प्रतिशतमा सीमित हुने बताएको हो। 

विश्व बैंकले आर्थिक वृद्धिद्धर खुम्चिनुमा नेपालको व्यापारिक सम्बन्ध भएका र रेमिटेन्सका स्रोत भएका मुलुकको आर्थिक क्रियाकलाप सुस्त हुनुलाई पनि कारण मानेको छ। नेपालले व्यापारका लागि भारतमा निर्भर छ, भने रेमिट्यान्सका लागि खाडी मुलुक। 

यी मुलुकमा कोरोनाका कारण अर्थतन्त्र खुम्चिएको छ। आपूर्ति श्रृंखलामा भएको अवरोधका कारण औद्योगिक क्षेत्र प्रभवित भएको र कृषि उत्पादनमा कमी आउने पनि बैंकले अनुमान गरेको छ। 

सरकारले अर्थतन्त्रलाई पुनरोत्थान गर्न विभिन्न प्याकेज ल्याउनुका साथै लकडाउन अन्त्य गरे पनि लय समात्न सकेको छैन।


Leave a Reply

Your email address will not be published.