बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न निर्देशन

बैंक तथा वित्तीय संस्थाका सबै शाखा खोल्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार अब बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा कार्यालय खोलेर कारोबार गर्नुपर्नेछ।

यसअघि लकडाउनको समयमा सरकारले सीमित शाखाबाट सेवा सञ्चालन गर्न भनेको थियो। तर, साउन ६ गते मध्यरातिबाट लकडाउन हटेसँगै बैंक तथा वित्तीय संस्थाको  ‘सिफ्ट सिस्टम’ पनि हटेको छ। 

केन्द्रीय बैंकले सेवाग्राहीको भीडभाड नहुने तथा दूरी कायम गरी सेवा दिन भनेको छ। केन्द्रीय बैंकको निर्देशनसँगै अब बैंक तथा वित्तीय संस्थाहरूले विगतझैं ८ घन्टा सेवा कार्यालय सञ्चालन गर्नुपर्ने छ। 

 बैंक तथा वित्तीय संस्थालाई विद्युतीय कारोबारलाई प्रोत्साहन दिन भनिएको छ।


Leave a Reply

Your email address will not be published.