पत्नीको हत्या गर्ने डिआइजीलाई उन्मुक्ति दिनु असफल राज्यको लक्षण : डा. भट्टराई
पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेर बिहीबार रिहा भएका रञ्जन कोइरालालाई लिएर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ट्विट गरेका छन्।
डाक्टर भट्टराईले अदालतबाट सजाय कटौती गरेर पत्नीका हत्यारालाई उन्मुक्ति दिनु असफल राज्यको लक्षण भएको बताएका छन्।
डा. भट्टराईले ट्विट गर्दै लेखेका छन्, 'पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ! सांसद अपहरण गर्ने पूर्व आइजिपीविरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो?
पत्नीको हत्या गर्ने डिआइजी अदालतबाट सजाय कटौती गराएर विजयी राजनेता झैं हात हल्लाउँदै निस्कन्छ! जाँड खाएर गाडी चलाउँदा सडकपेटीमा मान्छे मार्ने धनाढ्यको छोरो अदालतबाट धरौटीमा रिहा हुन्छ!सांसद अपहरण गर्ने पूर्व आइजीपी विरूद्ध सरकारले मुद्दै चलाउँदैन! यो असफल राज्यको लक्षण नभए के हो?
— Baburam Bhattarai (@brb1954) July 23, 2020