सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार 

सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार 

सीतापाइलामा एक युवतीमाथि एसिड प्रहार भएको छ।

महानगरीय प्रहरी परीसर काठमाडौंका अनुसार ओखलढुंगा घर भएकी २२ वर्षीया युवतिमाथि बिहीबार साँझ एसिड आक्रमण भएको हो।

एसिड आक्रमणमा परेकी ती युवति पवित्रा कार्की रहेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परीसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञावालीका अनुसार एसिड आक्रमणबाट उनी गम्भीर घाइते भएकी छन्।

घाइते कार्कीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ। एसिड आक्रमण गर्ने व्यक्तिको खोजी भइरहेको ज्ञावालीले बताए।


Leave a Reply

Your email address will not be published.