कुन–कुन प्रदेशमा हुन्छ वर्षा?

कुन–कुन प्रदेशमा हुन्छ वर्षा?

देशभर अहिले पनि कतै हल्ला र कतै भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले मनसुनको प्रभाव भइरहेका कारण वर्षा भइरहेको हो। 

हाल प्रदेश नम्बर १, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सर्वसाधारणलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ।
देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा  हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। 

ती क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने महाशाखाले बताएको छ।

यस्तो छ तीन दिनको मौसम 
शुक्रबार
दिउँसो : प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५का  एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना छ।

राति : प्रदेश १,  गण्डकी  प्रदेश, प्रदेश ५  र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको सम्भावना छ।

शनिबार

दिउँसो : बागमती प्रदेश, गण्डकी  प्रदेश र प्रदेश ५का  एक वा दुई स्थानमा  भारी वर्षाको  समेत  सम्भावना रहेको छ।

राति : प्रदेश १, बागमती प्रदेश, गण्डकी  प्रदेश र  प्रदेश ५का एक वा दुई स्थानमा  भारी वर्षाको  समेत  सम्भावना रहेको छ।

आइतबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति :  देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

 


Leave a Reply

Your email address will not be published.