अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ, सेनासँग अघोषित सम्बन्ध रहेको आरोप

अमेरिकामा तीन चिनियाँ नागरिक पक्राउ, सेनासँग अघोषित सम्बन्ध रहेको आरोप

अमेरिकाले तीनजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। 

भिसामा जालसाजी गरेको र तीनैजना चिनियाँ सेनासँग सम्बन्ध रहेकाे भन्दै अमेरिकी न्याय विभागले पक्राउ गरेको हो। थप एक जनालाई पक्राउ गर्ने तयारी भइरहेको त्यहाँका अधिकारीहरूले बताएको बिबिसीले उल्लेख गरेको छ।

फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन (एफबिआई) ले २५ सहरमा रहेकालाई सोधपुछ गर्दा ती व्यक्तिको चिनियाँ सेनासँग अघोषित सम्बन्ध रहेको थाहा पाएको हो।

न्याय विभागका वकिल जोनसी डेमर्सले चिनियाँ नागरिकले अनुसन्धानका लागि निवेदन दिएर आफ्नो वास्तविक पहिचान लुकाउने गरेको बताएका छन्।

खुला समाज र विश्वविद्यालयको फाइदा उठाउने  चिनियाँ कम्युनिष्ट पार्टीको योजना रहेको अमेरिकाले बताएको छ।

पक्राउ पर्नुअघि एक जनाले सन–फ्रान्सिसकोस्थित चिनियाँ वाणिज्य दूतावासमा शरण लिएको अमेरिकाको आरोप छ।
चिनियाँ नागरिक अमेरिकाको बौद्धिक सम्पत्ति चोरीमा संलग्न रहेको भन्दै अमेरिकाले ह्युस्टनस्थित चिनिया महावाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो।

चीनका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेइबिनले अमेरिकाले चीनप्रति लान्छना लगाएको भन्दै चीनले जवाफी कारबाही शुरु गर्ने बताएका छन्।

हाल अमेरिका र चीनबीच कोरोना भाइरस, व्यापार, हङकङको नयाँ राष्ट्रिय सुरक्षा कानुन र दक्षिणी चिनिँया समुद्रलाई लिएर मतभेद छ।


Leave a Reply

Your email address will not be published.