एसिड आक्रमणः अस्पतालको बेडमा रहेकी पवित्रालाई भेटिन् मुस्कान खातुनले

एसिड आक्रमणः अस्पतालको बेडमा रहेकी पवित्रालाई भेटिन् मुस्कान खातुनले

वीरगन्जकी मुस्कान खातुन एसिड आक्रमणबाट घाइते भएकी पवित्रा कार्कीलाई भेट्न अस्पताल पुगेकी छन्।

बिहीबार राति एसिड आक्रमणबाट घाइते भएकी ओखलढुङ्गा घर भइ सीतापाइला बस्दै आएकी २२ वर्षीया पवित्रालाई हौसला दिन उनी शुक्रबार बिहान कीर्तिपुरस्थित अस्पताल पुगेकी हुन्।

कार्कीले अर्कै केटालाई मन पराएको भन्दै रौतहट घर भइ हाल डल्नु बस्ने मोहम्मद आलमले भारत घर भइ डल्लुमै बस्ने मुन्ना मोहम्मदमार्फत एसिड आक्रमण गराएको बताइएको छ। उनीहरु प्रहरी हिरासतमा छन्।

खातुनमाथि पनि गत भदौमा एसिड आक्रमण भएको थियो। उनी अस्पतालमा उपचारपछि निको भइसकेकी छन्।

पवित्रालाई भेट्न खातुनसहित समाजसेवी उज्वलविक्रम थापा पुगेका थिए। 


Leave a Reply

Your email address will not be published.