एकै दिन १३ सय बढ्याे, लाख नजिक पुग्दै सुनको भाउ
नेपाली बजारमा पहेँलो धातु सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेकाे छ।
याेसँगै शुक्रबार छापावाला सुन प्रतितोलो ९५ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।
बिहीबार छापावाला सुन प्रतिताेला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ३ सय ६५ पुगेको छ। बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।
त्यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँले बढेर १ हजार १ सय ५५ रुपैयाँ पुगेको छ। बुधबार चाँदी तोलाको १ हजार १ सय ४५ रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार साउन १ मा छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय, २ गते ९२ हजार २ सय, ४ मा ९२ हजार ५ सय, ५ मा ९२ हजार ३ सय, ६ मा ९२ हजार ७ सय र ७ गते ९४ हजार रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै चाँदीको भाउ साउन १ मा तोलाको १ हजार ५, २ मा ९ सय ९५, ४ मा १ हजार ५, ५ मा १ हजार, ६ मा १ हजार ४० र ७ गते १ हजार १ सय ३५ रुपैयाँमा किनबेच भएको थियो।