अनुमतिबिनै ड्रोनबाट छोराको फोटो खिच्नेविरुद्ध ह्यारी-मेगन अदालत पुगे

अनुमतिबिनै ड्रोनबाट छोराको फोटो खिच्नेविरुद्ध ह्यारी-मेगन अदालत पुगे

बेलायतका पूर्वराजकुमार र राजकुमारी ह्यारी र मेगनले अनुमतिबिनै छोराको फोटो खिचेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन्।

लस एन्जल्स र क्यालिफोर्नियामा १४ महिने छोरा आर्चीको फोटो लकडाउनको समयमा अनुमति बिना नै ड्रोनबाट खिचेको भन्दै उनीहरूले अदालतमा मुद्दा दायर गरेको बिबिसीले उल्लेख गरेको छ।

ड्रोनबाट फोटो खिचेर आफूहरूको व्यक्तिगत गोपनियतामाथि आक्रमण भएको उनीहरूको दाबी छ।

गोपनियताविरुद्ध मुद्दा दायर गरिएपछि क्यालिर्फोनियामा विना अनुमति फोटो खिच्नेलाई कानुन अनुसार कारबाही हुने बताइएको छ।

ती दम्पत्तीका वकिल माइकल कम्पले क्यालिफोर्नियाका प्रत्येक व्यक्ति र परिवारलाई गोपनियताको अधिकार भएको भन्दै अनुमति बिना कसैले पनि ड्रोन, हेलिकाेप्टर तथा टेलिफोटो लेन्सको माध्यमबाट फोटो लिन नसक्ने जनाएका छन्।

वकिल कम्पले ह्यारी-मेघन दम्पत्तीको घर वरिपरि पापाराजीको घेरा हुने गरेको भन्दै उनीहरूले सूचना तथा फोटोको लागि विभिन्न हत्कण्डा अपनाउने गरेको गुनासो गरे।

मेघनले अनुमति बिना खिचेको फोटो र मेल अनलाइनमा प्रकाशित भएको समाचारविरद्ध गोपनीयता र प्रतिलिपी अधिकारको उल्लंघन गरेको भनि मुद्दा दायर गरेकी हुन्।

राजकुमार ह्यारी र मेगन राजकुमार शाही उपाधि त्यागेर गत मार्चदेखि अमेरिकाको लसएन्जल्समा बसिरहेका छन्।


Leave a Reply

Your email address will not be published.