इटहरीमा मास्क नलगाई हिँड्ने प्रहरी फन्दामा

इटहरीमा मास्क नलगाई हिँड्ने प्रहरी फन्दामा

लकडाउन खुुले पनि नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम नहटेको भन्दै इटहरी उपमहानगरपालिका क्षेत्रमा प्रहरीले निगरानी बढाएको छ।

निजी एवं सार्वजनिक सवारी र पैदल यात्रुुलाई प्रहरीले नियन्त्रणमा लिएर सम्झाउँदै पठाउने गरेको छ। साथै अनिवार्य मास्क लगाउन भनिएको छ।

इलाका प्रहरी कार्यालय इटहरी अगाडिको मुुख्य राजमार्गमा आवतजावत गर्ने यात्रुुको निगरानी बढाउन डिएसपी धर्मराज भण्डारी बिहानैदेखि खटिएका थिए।    

‘हाम्रो उद्देश्य कसैले हेलचेक्र्याइँ नगरौं भन्ने न हो,’ भण्डारीले  भने, ‘समुदायमा नागरिक थप सचेत बन्न सर्वसाधारणलाई केहीबेर नियन्त्रणमा लिएर सम्झाइबुझाइ पठाउन सुरु गरिएको छ।’

पूर्वका सहरमा सवारी साधानमा यात्रा गर्ने र पैदल यात्रा गर्ने अधिकांश व्यक्तिले मास्क नलगाएको पाइएको छ। 

सरकारले लकडाउन खुला गरेपछि चोक, बजारमा भीड हुन थालेको छ भने सडकमा सवारी साधानको चाप ह्वात्तै बढेको छ। यसरी भीड बढे पनि कोरोनाबाट बच्न सघाउ पुुर्याउने मास्क नलगाई हेलचेक्र्याइँ हुन थालेपछि प्रहरीले निगरानी बढाएको हो।


 


Leave a Reply

Your email address will not be published.