अमेरिकालाई चीनकाे जवाफ : छेङदुको वाणिज्य दूतावास बन्द गर्न निर्देशन

अमेरिकालाई चीनकाे जवाफ : छेङदुको वाणिज्य दूतावास बन्द गर्न निर्देशन

चीनले दक्षिण–पश्चिमी सहर छेङदुमा रहेको अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको छ।

अमेरिकाले बुधबार ह्यास्टनस्थित चिनियाँ महावाणिज्य दूतावास शुक्रबारभित्र बन्द गर्न निर्देशन दिएपछि चीनले पनि जवाफस्वरुप वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको हो।

चिनियाँ विदेश मन्त्रालयले आफ्नो कदमलाई अमेरिकाले चालेको अनुचित कार्यको परिणामबारे आवश्यक र उचित भएको दाबी गरेको छ।

चिनियाँ परराष्ट्र मन्त्रालयले चीन-अमेरिकाको अहिलेको अवस्था आफूले हेर्नै नचाहेको बताउँदै यो परिस्थितिको जिम्मेवार अमेरिका भएको जिकिर गरेको छ।

चीनप्रति अमेरिकाले गरेका अव्यावहारिक र अनुचित निर्णयहरूको चीनले वैधानिक र आवश्यक प्रतिक्रिया दिएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

सन् १९८५ मा स्थापना भएको छेङदुको वाणिज्य दूतावास  तिब्बतसँग नजिक रहेकाले रणनीतिक हिसाबले महत्त्वपूर्ण मानिन्छ। त्यहाँ दुई सयभन्दा बढी कर्मचारी छन्।

अमेरिकी विदेश मन्त्रालयले चिनियाँ वाणिज्य दूतावास बन्द गर्ने निर्णय गर्नु बौद्धिक सम्पत्तिको रक्षाका लागि चालिएको कदम बताए पनि चीनले भने उक्त निर्णय अव्यावहारिक र अनुचित भएको जनाएको छ। 

बिबिसीबाट अनुवादित सामग्री
 


Leave a Reply

Your email address will not be published.