प्रदेश १ मा एकै महिना १० अर्ब ९३ करोड खर्च

प्रदेश १ मा एकै महिना १० अर्ब ९३ करोड खर्च

प्रदेश १ सरकारले एक महिनामा मात्र कुल बजेट खर्चको ३६ प्रतिशत खर्च गरेको छ।

प्रदेश लेखा नियन्त्रण कार्यालय विराटनगरका प्रवक्ता अन्तिमकुमार आचार्यले दिएको जानकारी अनुसार असार महिनामा मात्र १० अर्ब ९३ करोड ९५ लाख ९६ हजार रुपैयाँ खर्च भएको हो। 

अन्य प्रदेशभन्दा प्रदेश १ मा बढी बजेट खर्च भएको देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा पनि ७ प्रदेशमध्ये बढी खर्च गरेको यो प्रदेशले आर्थिक वर्ष २०७६/७७ मा कुल बजेटको ७०.८३ प्रतिशत खर्च गरेको छ।

चालुतर्फ कुल बजेटमध्ये १८ अर्व ६२ करोड ६४ लाख ७६ हजारमा १२ अर्ब २ करोड ४४ लाख १४ हजार अर्थात ६४.५६ प्रतिशत खर्च गरेको हो।

त्यसै गरी पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ३४ हजारमध्ये १७ अर्ब ८६ करोड ६५ हजार ९८ हजार खर्च भएको हो। जुन ७५.७९ प्रतिशत हुन जान्छ।

आर्थिक वर्ष २०७६/७७ को कुल बजेट ४२ अर्ब २० करोड ४ लाख १० लाखको थियो। उक्त बजेटमध्ये असार मसान्तसम्म २९ अर्व ८९ करोड १० लाख ४ सय खर्च भएको हो।

प्रदेश १ का अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले सरकारले शतप्रतिशत खर्च गर्ने लक्ष्य लिए पनि कोभिड–१९ का कारण खर्च हुने महिना चैत, वैशाख र जेठमा भने अनुसार खर्च हुन नसकेको तर्क गरे।

निर्माणको जिम्मा दिइएका योजनाको भुक्तानी आर्थिक वर्षको अन्त्यमा हुने हुँदा असारमा बढी खर्च देखिएको जिकिर गरे।

‘असारमा विकास निर्माणको काम नगर्ने सरकारको प्रतिबद्धता थियो,’ आङ्बोले भने ‘चैतमा लकडाउनको असर परेपछि योजनाहरू असारसम्म ल्याउनुुपर्ने बाध्यता रह्यो।’ 

बजेटको ठूलो राजस्व हिस्सा अन्तिम चौमासिकमा उठ्ने हुँदा यसलाई अन्यथा नलिन उनले आग्रह गरेका छन्।

उनले सरकार असारे खर्च निरुत्साहित गर्ने पक्षमा रहेको भन्दै लकडाउनको समयमा पनि यतिका खर्च गर्ने सामाथ्र्य राख्नु सकारात्मक कुरा रहेको उल्लेख गरे।


Leave a Reply

Your email address will not be published.