लिवाङको लकडाउन आजदेखि हट्यो

लिवाङको लकडाउन आजदेखि हट्यो

समुदायमा कोरोना फैलिएको आशंकामा साउन ३ गतेदेखि सिल गरिएको रोल्पाको गुरुङ गाउँ र सदरमुकाम लिवाङको लकडाउन शुक्रबारदेखि हटेको छ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका २० जनाको कोरोना भाइरसको परीक्षण गर्दा संक्रमण नदेखिएपछि जिल्ला कोरोना संकट व्यवस्थापन समितिले शुक्रबार दिउँसो १ बजेदेखि गाउँ सिल र सदरमुकामको लकडाउन हटाउने निर्णय गरेको हो। 

साउदीबाट आएका रोल्पा नगरपालिका–४ गुरुङगाउँका एक पुरुष रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट निस्केर बजार डुलेपछि गुरुङ गाउँ सिल र सदरमुकाम लकडाउन गरिएको थियो। 

ती व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा आएका २० जनाको स्वाब संकलन गरी भेरी अस्पताल नेपालगन्जमा पठाइएको र उनीहरूको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि गाउँ सिल र लकडाउन हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले बताए।

सरकारले चैत ११ देखि गरेको लकडाउन साउन ७ देखि हटाउने निर्णय गरे पनि रोल्पामा भने आजदेखि मात्र खुलेको छ।


Leave a Reply

Your email address will not be published.