नेकपाको गतिरोध अन्त्य गर्न ओली-प्रचण्ड भेट
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भेटघाट भएको छ।
नेकपामा देखिएको गतिरोध अन्त्य गर्न दुबै अध्यक्षहरूबीच बिहान ११ बालुवाटारमा छलफल भएको हो। प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले उनीहरूबीच एक घन्टा छलफल भएको जनाए।
नेकपा स्थायी कमिटी साउन १३ गते बस्दैछ। त्यसअघि दुबै अध्यक्षबीच छलफल भएको हो।
नेकपामा ओलीको दुबै पदबाट राजीनामा मागिएपछि विवाद चर्किएको छ।