भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना
सरकारले भाटभटेनी सुपरमार्केटलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
हनुमानस्थान भाटभटेनीले म्याद नाघेको बेली ब्राण्डको पानी बिक्री गरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिवाना तिराएको हो।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ (२) (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकोले ३८ (ङ) को कसुरमा ३९ (१) ख बमोजिम तीन लाख जरिवाना तिराइएको विभागले जनाएको छ।
भाटभटेनी सुपरमार्केट हनुमानस्थान काठमाडौंले म्याद नाघेकाे बेली ब्राण्डको पानि बिक्री गरेकाे पाइएकोले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६(२)(क) बमाेजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाेले ३८(ङ) काे कसुरमा३९(१(ख)वमोजिम रु ३ लाख जरिवाना।@Baikuntha_Aryal @NPrayas @RabindraAchary1 pic.twitter.com/MJOlQ2arfv
— बाणिज्य आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग (@DOCSCP1) July 24, 2020