साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्ति माग्दै भुवन केसीले मुद्दा हाले
अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
साम्राज्ञीविरुद्ध अभिनेता केसीले गाली बेइज्जती र मानहानीको मुद्दा दायर गरेका हुन्।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले अभिनेता केसीले नायिका साम्राज्ञीविरुद्ध १० करोड क्षतिपूर्तिसहित गाली बेइज्जती र मानहानीको मुद्दा दायर गरेको जानकारी गराएका छन्।
अभिनेत्री शाहले केसीसँग काम गर्दा उनले दुव्र्यवहार गरेको आरोप लगाउँदै आएकी थिइन्।