सिक्री स्न्याचिङ गरी भागेका चार जना पक्राउ
झोछेमा महिलाको सिक्री स्न्याचिङ गरी फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-१४ का ३२ वर्षीय अकेश नकर्मी, काठमाडौं-१४ का २२ वर्षीय विक्की मगर, चन्द्रागिरि-१४ की नेहा नकर्मी र काठमाडौं-१५ का अशोक शाक्य छन्।
शाक्य सुनचाँदी पसलका सञ्चालक हुन्। नेहा गृहिणी हुन् भने मगर टुरिस्ट गाइड र अकेश चालक हुन्। काठमाडौं-२३ स्थित सडकमा गत ६ गते महिलालाई समातेर उनीहरूले ८.६४ ग्रामको सिक्री लुटेका थिए।
सिक्री स्न्याचिङ गरेर भागेका उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसरले जनाएको छ।