प्रहरीमा जागिर लगाइदिने भन्दै साढे तीन लाख ठगी 

प्रहरीमा जागिर लगाइदिने भन्दै साढे तीन लाख ठगी 

नेपाल प्रहरीमा जागिर लगाइदिने भन्दै पटक-पटक गरी साढे तीन लाख ठगी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा रुकुमपश्चिम बाफिकोट गाउँपालिका-९ घर भई हाल काठमाडौं टोखा-११ महादेवटारमा बस्ने २४ वर्षीय अनिल वली छन्।

पैसा लिएपछि फरार भएका उनलाई खोजी गरिदिन पीडितले जाहेरी दिएका थिए। वलीलाई कीर्तिपुर नगरपालिका वडा नं. ४ भत्केपाटीबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ।
 


Leave a Reply

Your email address will not be published.