शाखा प्रमुखको कुर्सीमा दिसाको पोका, छानबिन समिति गठन

शाखा प्रमुखको कुर्सीमा दिसाको पोका, छानबिन समिति गठन

धनगढी उपमहानगरपालिकाअन्तर्गत योजना तथा बजेट शाखा प्रमुख सत्यराज जोशीको कुर्सीमा दिसा भेटिएको छ।

बिहीबार बिहान शाखा प्रमुख जोशीको कुर्सीमा कपडामा बेरेर राखेको अवस्थामा दिसा भेटिएपछि सोको छानबिन गर्न समिति नै गठन गरिएको पाइएको छ। 

शाखा अधिकृत जोशी कुर्सीमा बसेर पाइन्टमा दिसा लागेपछि मात्रै जानकारी पाएका थिए। तर, दिसा कस्ले र किन राख्यो भन्ने कुरा खुलेको छैन्।

सोको छानबिन गर्न उपमहानगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्रसिंह कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति शुक्रबार गठन गरेको छ। 

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने म्याद दिइएको बुझिएको छ। तर नगरका कुनै पनि पदाधिकारीले यस विषयमा बोल्न मानेका छैनन्।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले कार्यालयले आन्तरिक रूपमा उक्त सन्दर्भमा वास्तविक के हो? भनी अध्ययन गर्न तीन सदस्यीय कमिटी गठन गरिएको र सबै विवरण समितिले छानबिन गरेपछि मात्रै बाहिर आउने बताए। 

साउन ७ गते धनगढी नगर प्रमुख नृपबहादुर बड र उपप्रमुख सुशीला मिश्र भट्टसमेत सहभागी भएका बेला शाखा अधिकृतको बैठक बसेपछि केही विवाद भएको बुझिएको छ।

नगरले वर्षमा उत्कृष्ट भएका कर्मचारीलाई सम्मान गरेपछि बजेट शाखा प्रमुख सत्यराज जोशीले कर्मचारीलाई पुरस्कृत गर्दा कुन मापदण्डअनुसार गरिएको भन्ने प्रश्न गरेपछि केही विवाद भएको बुझिएको छ।


Leave a Reply

Your email address will not be published.