गुणस्तरहीन पानी बेच्ने उद्योगलाई २ लाख जरिवाना

गुणस्तरहीन पानी बेच्ने उद्योगलाई २ लाख जरिवाना

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको एक पानी उद्योग कारबाहीमा परेको छ। गुणस्तरहीन पानी उत्पादन तथा बिक्रीवितरण गर्दै आएको मध्यपश्चिम पानी उद्योगलाई कारबाही गरिएको हो। बाँकेको बैजनाथ गाउँपालिका-५ मा रहेको उक्त उद्योगबाट २ लाख जरिवाना असुल गरिएको छ। 

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्ज बाँकेका प्रमुख कृष्ण पौडेल नेतृत्वमा गएको टोलीले पानी उद्योगलाई कारबाही गरेको हो। वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका प्रमुख पौडेलले भने, ‘गुणस्तरहिन पानी उत्पादन तथा बिक्रीवितरण गरेको पाइएकोले मध्यपश्चिम पानी उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुरमा सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम तत्काल २ लाख जरिवाना गरिएको छ।’

अनुगमनका क्रममा न्युनतम मापदण्डसमेत पुरा नगरेको पाइएकोले कारबाही गरिएको छ। गुणस्तर सुधार गरि पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिइएको छ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, बाँकेको नेतृत्वमा गएको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिसचन्द्र शर्मा, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरीक्षक नेत्रा बोगटी, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईको उपस्थिती रहेको थियो।


Leave a Reply

Your email address will not be published.