लक्षित वर्गलाई रोजगारी दिन सपिङ झोला उत्पादन

लक्षित वर्गलाई रोजगारी दिन सपिङ झोला उत्पादन

मुख्यमन्त्री ग्रमीण विकास कार्यक्रम अन्तरगत खजुरा गाउँपालिकामा लक्षित वर्गलाई रोजगारी दिन सपिङ झोला उत्पादन सुरु गरिएको छ। गाउँपालिकाका सिमान्तकृत, दलित, पछाडि परेका र अपाङ्गता भएका महिलालाई लक्षित गरी स्वरोजगार व्यवस्थापन गर्न उक्त कार्यक्रम सुरु गरिएको हो। 

प्रत्यक्ष रोजगारी दिने उद्देश्यले गाउँपालिकामा शुक्रबारदेखि झोला उत्पादन सुरु गरिएको छ। प्रदेश सांसद आइपी खरेल र बाबुराम गौतमले एक कार्यक्रमकाबिच झोला उत्पादन उद्धमको उद्‌घाटन गरे। 

कार्यक्रममा बोल्दै सांसद खरेलले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमको उद्देश्य खजुराले पुष्टि गरेको बताए। उनले लक्षित वर्गलाई प्रत्यक्ष सहभागिता गराउनु नै कार्यक्रमको मूल उद्देश्य भएको बताएका थिए।

यस्तै सांसद गौतमले यस्ता कार्यक्रम लक्षित वर्गसम्म पु-याएर दीर्घकालीन प्रभाव पार्न आग्रह गरे। पहिलो चरणमा ३० जना सिमान्तकृत, दलित, पछाडी परेका र अपाङ्गता भएका महिलाहरूलाई लक्षित गरेर रोजगारको अवसर दिने उद्देश्यले झोला उत्पादन कार्यक्रम सञ्चालन गरिएको खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए।

उनले प्लाष्टिक झोला मुक्त गाउँपालिका घोषणा गर्ने उद्देश्यले झोला उत्पादन सुरु गरिएको बताए। अध्यक्ष कक्षपतिले खजुरामा उत्पादन भएका सपिङ झोला नेपालगन्जको भाटभटेनीसँग बिक्रीका लागि सम्झौता भएको जानकारी दिए।

आर्थिक स्थिति कमजोर भएकाले झोला सिलाईको काममा लागेको खजुरा २ की सबित्रा मगरको भनाइरहेको छ। उनले झोला सिलाईबाट आएको रकमले बालबच्चाको पढाइमा मद्दत पुग्ने बिश्वास ब्यक्त गरिन्।


Leave a Reply

Your email address will not be published.