भारतमा थप चिनियाँ एपमाथि प्रतिबन्ध

भारतमा थप चिनियाँ एपमाथि प्रतिबन्ध

भारतले राष्ट्रिय सुरक्षाका खतरा भएको भन्दै गत जुनमा टिकटकलगायत ५९ चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको थियोे।

फेरि भारतले अन्य चिनियाँ एपहरू प्रतिबन्ध लगाउने तयारी गरेको छ।

लद्दाखको सीमा विवादमा भारतीय सैनिक मारिएपछि भारत–चीनबीच तनाव चुलिएको छ। यसैबीच भारतले चिनियाँ एप्लिकेसनका साथै अन्य उत्पादनमा समेत प्रतिबन्ध लगाउने तयारी गरेको छ।

भारतले टिकटकसहित अन्य ५९ वटा मोबाइल एप्लिकेसनका साथै हेलो लाइट, सेयरइट लाइट, बिगो लाइट र विएफवाय लाइट एप्लिकेसनलाई गुगलको प्ले स्टोर र एप्पल एप स्टोरबाट हटाएको छ।

सूचना ऐनकोे धारा ५९ ए मातहत रही सूचना मन्त्रालयले भारतको सार्वभौमसत्ता, सम्प्रभुता,अखण्डता, भारतको रक्षा र राज्यको सुरक्षाका लागि भन्दै भारतले चिनियाँ मोबाइल एप्लिकेसनमाथि प्रतिबन्ध लगाएको थियो।

भारतले यी मोबाइल एप्लिकेसनको दुरुपयोग भएको र तथ्यांक चोरी भइरहेको बताउँदै आएको छ।

भारतले टिकटक, कवाइ, यूसी ब्राउजर, बायडू म्याप, शेन, क्लस अफ किङ्स, डियु ब्याट्री सेवर, हेलो, लाइकी, युकेम मेकअप, एमआई कम्युनिटी, सिएम ब्राउजर, वायरस क्लिनर, आपुस ब्राउजर, रोमवी, क्लब फ्याक्ट्री, न्यूजडग, वीच्याट, युसी न्युज, क्यूक्यू मेल, भिवोसमेत गरी ५९ मोबाइल एप्लिकेसनमाथि प्रतिबन्ध लगाएको छ।


Leave a Reply

Your email address will not be published.