पिएसजीले जित्याे फ्रेन्च कपकाे ट्रफी

पिएसजीले जित्याे फ्रेन्च कपकाे ट्रफी

पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सेन्ट इटियनलाई १-० ले पराजित गर्दै फ्रेन्च कप फुटबलकाे उपाधि जितेको छ। नेयमारले गरेकाे एकै गोलमा पिएसजीले उपाधि जितेकाे हाे। कीर्तिमानी १३ औं फ्रेन्च कप पटक जितेकाे हाे।

कोरोना भाइरस संक्रमणको महामारीपछि फ्रान्समा चार महिनापछि फुटबल भएकाे हाे। 
मार्च ११ मा राेकिएपछि माथिल्लो दर्जाको फुटबल भएको यो पहिलोपल्ट हो ।

ब्राजिली स्टार नेयमारले १४ औं मिनेटमा गरेकाे निर्णायक गोलले पिएसजीले उपाधि उचाल्याे। पीएसजीले यसअघि फ्रान्सेली लिग वानकाे उपाधि जितेकाे थियाे। महामारीकै कारण फुटबल हुन नसक्ने देखिएपछि अग्रस्थानमा रहेकाे टाेलीलाई  विजेता घोषित गरिएको थियो। युरोपमा कोरोना संक्रमणको महामारीका कारण लिग रोकिएको फ्रान्स एकमात्र देश हो।

खेलमा केलियन एमबापेको चोट बाेकेका छन्। कुर्कुच्चाको चोटका कारण उनले युरोपेली च्याम्यिन्स लिगको क्वाटरफाइनल गुमाउन सक्नेछन्।  

स्वास्थ्य सुरक्षालाई अपनाउँदै  ८० हजार दर्शक क्षमताकाे स्टेड डी फ्रान्स रंगशालामा ५ हजार जना उपस्थित थिए।


Leave a Reply

Your email address will not be published.