काेराेनाबाट शनिबार १ सय ९ जना संक्रमित, उपत्यकामा तीन थपिए

काेराेनाबाट शनिबार १ सय ९ जना संक्रमित, उपत्यकामा तीन थपिए

कोरोना भाइरसकाे शनिबार देशभर १ सय ९ जनामा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले आज १ सय ९ जनामा संक्रमण पाेजेटिभ देखिएको बताएका छन्।

यो सँगै नेपालमा १८ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ७५ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

२७ वटा प्रयोगशालामा गरिएको परीक्षणबाट उक्त संख्यामा कोरोना पुष्टि भएको हो। उपत्यकामा ३ जना कोरोना संक्रमित थपिएका छन्।

शनिबारसम्म देशभर ५ हजार ३ सय ८५ जना आइसोलेसनमा रहेको डा. गौतमले बताए।

हालसम्म १३ हजार ५३ जना संक्रमण निको भएका छन्। शनिबार मात्रै १ सय ६ जना निकाे भएर घर फर्किएका छन्। कुल संक्रमितमध्ये ७०.४ प्रतिशतले कोरोना जितेको डा. गौतमले बताए। १८ हजार १ सय ८३ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ।
अहिलेसम्म काेराेनाबाट ४५ जनाकाे मृत्यु भएकाे छ।


Leave a Reply

Your email address will not be published.