कांग्रेस नेता गोविन्दराज जोशीसहित तीन नेता निश्कासित
नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीले निश्कासन गरेकाे छ। केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्रीसमेत रहेका जाेशीसहितलाई निश्कासन गरेकाे हाे।
जोशी र पूर्वराज्यमन्त्री पुष्करनाथ ओझा ५–५ वर्षका लागि निश्कासनमा परेका हुन्। पार्टी अनुशासन समितिको शनिबार बसेको बैठकले स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै कांग्रेस डडेलधुराका कार्यालय सचिव रामबहादुर विष्टलाई तीन वर्षका लागि निश्कासन गर्ने निर्णय गरेको हो। तीनै नेतालाई चुनावमा कांग्रेस उम्मेदवारलाई असहयोग गरेकोमा स्पष्टिकरण सोधिएको थियो।