कहाँ कहाँ हुन्छ आज भारी वर्षा?

कहाँ कहाँ हुन्छ आज भारी वर्षा?

देशभर मनसुनी वायुको प्रभाव अझै छ। जसका कारण अहिले पनि देशभर कतै सामान्य र कतै भारी वर्षा भइरहेको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर सामान्यदेखि भारी वर्षा हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ। 

देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुनसक्नै महाशाखाले जनाएको छ। 

त्यस्तै ती क्षेत्रका नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भन्दै उसले सचेत हुन पनि आग्रह गरेको छ। 
यस्तो छ दुई दिनको मौसम 

आइतबार

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली हुनेछ र केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति : प्रदेश १ र सुदुर पश्चिम  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार

दिउँसो : प्रदेश १, प्रदेश २ र गण्डकी  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जन र चट्याङ सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।

राति : गण्डकी  प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत  सम्भावना रहेको छ।
 


Leave a Reply

Your email address will not be published.