भक्तपुरका पत्रकारलाई सांस्कृतिक पदयात्रा

भक्तपुरका पत्रकारलाई सांस्कृतिक पदयात्रा

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शनिबार स्थानीय पत्रकारहरुलाई एकदिने हेरिटेज वाल्क (साँंस्कृतिक पदयात्रा) गराएको छ। 

पदयात्रामा विभिन्न संचारगृहमा कार्यरत पत्रकार तथा संचारकर्मीहरुलाई मध्यपुर थिमि नगरपालिकाले गरेका निर्माण सम्पन्न भएका, निर्माणाधीन अवस्थामा रहेका, प्रारम्भिक तथा अन्तिम चरणमा रहेका विकास निर्माण कार्य र पुनर्निर्माण एवं जिर्णोद्धार गरिएका मूर्तसम्पदाहरु अवलोकन गराएका थिए।

मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले पदयात्रा गराएका थिए। साथै उनले भइरहेको कामहरुको गुरुयोजना अनुसार निर्माण भैरहेका शंखधरपार्क, शंखधर सामुदायिक भवन लगायतका सम्पदाहरूको अवलोकन गराएका थिए। 

झन्डै ३१ वटा सम्पदाहरूको बारेमा नगरप्रमुख श्रेष्ठबाट संचारकर्मी तथा पत्रकारहरूलाई विस्तृत जानकारी गराएका थिए। साथै त्यहाँ कार्यरत उपभोक्ता समितिका अध्यक्षहबाट जानकारी गराएका थिए। 

पुनः निर्माण तथा जिर्णोद्धार सकेसम्म मौलिक शैलीमा निर्माण भैरहेको र गर्ने उनीहरुले जानकारी गराए। सम्पदाहरुलाई आफ्नो मात्र नभई पर्यटकिय गन्तव्य स्थलका रुपमा तयार गर्ने उनको योजना रहेको श्रेष्ठे बताए। 

कार्यक्रम मध्यपुरको शंखधरचोकबाट सुरु भएको थियो। त्यहाबाट सुरु भई नगरका विभिन्न ठाउँंहरुको अवलोकन गराइएको थियो। 
 


Leave a Reply

Your email address will not be published.