फेरि बढ्याे सुनकाे भाउ, ताेलाकाे कति?
नेपाली बजारमा पहेँलो धातु सुनको भाउ एकैदिन ५ सय रुपैयाँले बढेको छ।
योसँगै आइतबार छापावाला सुन प्रतितोलो ९६ हजार ३ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत शुक्रबार सुनको भाउ एकैदिन १ हजार ३ सय रुपैयाँले बढेर ९५ हजार ८ सयमा कारोबार भएको थियो।
यो भाउ हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसअघि बिहीबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।
महासंघका अनुसार तेजाबी सुनको भाउ पनि तोलाको ९५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ।
तेजाबी सुन शुक्रबार ९५ हजार ३ सय ६५ र बिहीबार ९४ हजार ६५ रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउमा पनि सामान्य वृद्धि भएकाे छ। चाँदी गत शुक्रबार ५ रुपैयाँले बढेर १ हजार १ सय ५० पुगेकोमा आइतबार थप ५ बढेर ताेलाकाे १ हजार १ सय ५५ रुपैयाँमा किनबेच भइरहेकाे छ।
महासंघका अनुसार साउन १ मा छापावाल सुनको भाउ तोलाको ९२ हजार ७ सय, २ गते ९२ हजार २ सय, ४ मा ९२ हजार ५ सय, ५ मा ९२ हजार ३ सय, ६ मा ९२ हजार ७ सय, ७ मा ९४ हजार, ८ मा ९४ हजार ५ सय र ९ गते ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।
त्यस्तै चाँदीको भाउ साउन १ मा तोलाको १ हजार ५, २ मा ९ सय ९५, ४ मा १ हजार ५, ५ मा १ हजार, ६ मा १ हजार ४०, ७ मा १ हजार १ सय ३५, ८ मा १ हजार १ सय ४५ र ९ गते १ हजार १ सय ५० रुपैयाँमा किनबेच भएको थियो।