साइकलमा बेलायती प्रधानमन्त्री, भन्छन्- कोरोनाबाट बच्ने उपाय

साइकलमा बेलायती प्रधानमन्त्री, भन्छन्- कोरोनाबाट बच्ने उपाय

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले कोरोना भाइरसको संक्रमणबाट बच्न साइकल चलाउन आह्वान गरेका छन्।

मोटोपन बढी भएका र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई भाइरसको संक्रमणले छिटो च्याप्न सक्ने भन्दै उनले भाइरसबाट बच्न साइकल चलाउनुपर्ने बताएका हुन्।

साइकल चलाउनु स्वास्थ्यका लागि फाइदाजनक भएकाले सबैले साइकल चलाउनुपर्ने भन्दै जोनसोनले साइकल चलाउँदा जोखिम कम हुने बताएका छन्।

जोनसोनको उक्त भनाइपछि बेलायतमा बालबालिबालाई जंक फुडको व्यापार तथा विज्ञापनमा कमी आउने तथा होटल, रेष्टुरेन्टका परिकारमा क्यालोरीको मात्रा घट्ने आँकलन गरिएको छ।

साइकल चलाउदा मोटोपन घट्नुका साथै स्वस्थ रहन सहयोग गर्ने भन्दै जोनसनले नागरिकलाई साइकल चढ्न आग्रह गरेका छन्। 

प्रधानमन्त्री जोनसोन आफू पनि साइकलमै कार्यालय गइरहेका छन्।

जोनसोनलाई केही समयअघि कोरोना भाइरसको संक्रमण देखिएको थियो।


Leave a Reply

Your email address will not be published.