कांग्रेसले जोशीसहितका नेतालाई निस्काशन गरेपछि कोइरालाको प्रश्न: ‘कार्यकर्तामा के सन्देश जान्छ?’  

कांग्रेसले जोशीसहितका नेतालाई निस्काशन गरेपछि कोइरालाको प्रश्न: ‘कार्यकर्तामा के सन्देश जान्छ?’  

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतालाई पार्टीबाट निस्काशन गरिएको घटनाप्रति असन्तुष्टि जनाएका छन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्वसहमहामन्त्री जोशी र महासमिति सदस्य पुष्करनाथ ओझालाई ५-५ वर्ष तथा कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टलाई ३ वर्षका लागि निश्काशन गर्ने निर्णय गरेको थियो। 

यो घटनाको भोलिपल्ट आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै कोइरालाले ‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर जोशी, ओझा र विष्टलाई पार्टीबाट निष्काशन गरिनु दुर्भाग्य’ रहेको बताएका छन्।

ती नेताहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाएको रगत-पसिनाको अवमूल्यन गर्ने काम भएको उनको ठहर छ।

‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउँदैछौं अर्कोतिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतित गरेका वरिष्ठ नेताहरूलाई पार्टीबाट निष्काशन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ?,’ उनले प्रश्न गरेका छन्। 

 

एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ…

Posted by Dr Shekhar Koirala on Saturday, 25 July 2020


Leave a Reply

Your email address will not be published.