सुशासन अभियानद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग

सुशासन अभियानद्वारा प्रधानन्यायाधीश राणाको राजीनामा माग

पूर्वडिआइजी रमेश खरेल नेतृत्वको हाम्रो नेपाल सुशासन अभियानले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरेको छ। 

सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालाई पत्नी हत्यामा सजाय कटौती गरेपछि विवादमा परेको न्यायालयको गरिमा जोगाउन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अभियानको माग छ। 

‘न्यायालय र त्यसमा पनि प्रधानन्यायाधीश सम्मिलित इजलासले गरेको यसप्रकारको फैसलाले न्यायालयको विश्वास, गरिमा र सम्मानलाई नराम्ररी अवमूल्यन गरेको छ, न्याय क्षेत्रलाई गम्भीर संकटमा पुर्‍याएको महसुस भएको छ,’ अभियानद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘अदालतका निर्णय विवादमा पर्नु र जनताले नरुचाउने हुनु राम्रो संकेत हैन, यस अवस्थाबाट माथि उठी जनविश्वास बचाउन प्रधानन्यायाधीले राजीनामा दिने विकल्प उपयुक्त हुनसक्छ। त्यो नभए संसदले विचार गर्नुपर्ने जनआकांक्षा र चासोलाई कम मूल्यांकन गर्न नहुने हाम्रो धारणा हो।’

कोइरालाको सजाय कटौती फैसलाविरूद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिइसकेको छ। सो निवेदनमा आइतबार नै सुनुवाइ सुरू भएको छ।  
 


Leave a Reply

Your email address will not be published.