प्रहरी हेडक्वार्टरका चारजनामा कोरोना संक्रमण

प्रहरी हेडक्वार्टरका चारजनामा कोरोना संक्रमण

नेपाल प्रहरी मुख्यालय नक्सालमा कार्यरत चार प्रहरीमा कोरोना संक्रमण देखिएको छ। 

ज्वरो आएर स्वाब  संकलन गरी पठाइएका चारजनामा कोरोना संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। 

कोरोना संक्रमितहरू सञ्चार र सवारी शाखाका रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

शनिबार प्रयोगशालाबाट कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि त्यसको पुनर्परीक्षण गर्न टेकु अस्पताल पठाइएको छ। 

संक्रमण देखिएका चारैजनालाई प्रहरी अस्पताल महाराजगन्ज पठाइएको छ। उनीहरू सबैलाई ज्वरो आएपछि अस्पताल पठाइएको प्रवक्ता डिआइजी निरजबहादुर शाहीले बताए।


Leave a Reply

Your email address will not be published.