रन्जन कोइराला प्रकरण: सर्वाेच्चले यसअघिकाे फैसला पुनरावलोकन गर्ने

रन्जन कोइराला प्रकरण: सर्वाेच्चले यसअघिकाे फैसला पुनरावलोकन गर्ने

सर्वोच्च अदालतले सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रन्जन कोइरालाको सजाय घटाउने यसअघिको फैसला पुनरावलोकन गर्ने भएको छ।

सर्वाेच्चका न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको आइतबारको इजलासले फैसला पुनरावलोकनका लागि महान्यायाधीवक्ता कार्यालयले दर्ता गराएको निवेदनलाई अनुमति दिने आदेश सुनाएको हो।

कोइराला श्रीमतीको हत्या गरेर जलाएको अभियोगमा दोषी ठहर भइ जन्मकैदको सजाय काटिरहेका थिए।

तर, प्रधानन्यायाधीश चाेलेन्द्र शमशेर राणा र न्यायाधीश तेजबहादुर केसीको इजलासले उनकाे सजाय ११ वर्ष घटाएर सहुलियत दिएकाे थियाे। उनी गत बिहीबार रिहा भएका थिए।

गत बिहीबार नै महान्यायाधीवक्ताको कार्यालयले उक्त फैसला पुनरावलोकनका लागि निवेदन दर्ता गराएको थियो।

अब सर्वोच्चले यसअघिकाे फैसला त्रुटिपूर्ण थियो थिएन भनेर फैसला गर्नेछ। 

श्रीमती गीता ढकालको हत्या गरी प्रमाण समेत लोप गराउन खोजेका कोइराला अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेको थियो। 


Leave a Reply

Your email address will not be published.