बैंकिङ कसुरका अभियुक्त पक्राउ

बैंकिङ कसुरका अभियुक्त पक्राउ

बैंकिङ कसुरमा अदालतले दस दिन कैद र जरिवाना सुनाइएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काठमाडौं-१४ घर भई ललितपुर महालक्ष्मी-४ बस्ने ४७ वर्षीय राजेन्द्रकुमार महर्जन छन्।

महर्जनलाई उच्च अदालत पाटनले गत २०७५ भदौ ५ गते १० दिन कैद र पन्ध्र लाख ७५ हजार जरिवाना हुने फैसला सुनाएको थियो। 

आइतबार उनलाई कलंकीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

महर्जनले प्रतिवादीले नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको खाता नम्बरमा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी झुक्याएर चेक काटेर दिएपछि पीडित प्रहरीमा पुगेका थिए।


Leave a Reply

Your email address will not be published.