जसपाका युवा नेतामाथि अभद्र व्यवहार मुद्दा दर्ता

जसपाका युवा नेतामाथि अभद्र व्यवहार मुद्दा दर्ता

जनकपुरको एक रेस्टुरेन्टबाट पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) का युवा नेतामाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको छ।

जनकपुरको शिव चोकस्थित जेएफसी रेस्टुरेन्टबाट शनिबार राति पक्राउ परेका जसपाका युवा नेता नवीन यादवमाथि प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको हो।

रेस्टुरेन्टमा खाजा खाना आएकी दुईजना युवतीलाई दुव्र्यवहार र रेस्टुरेन्टको काउन्टरमा तोडफोड गरेको आरोपमा यादवमाथि आइतबार दुव्र्यवहारसम्बन्धी मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

रेस्टुरेन्ट सञ्चालक र पीडित महिलाले दिएको जाहेरीको आधारमा यादवविरुद्ध मुद्दा दर्ता गरिएको कार्कीले बताएका छन्। यादवले आफूहरुसँग रेस्टुरेन्टभित्र दुव्र्यवहार गरेको युवतीहरुले बयान दिएको कार्कीले जानकारी दिएका छन्।

यसैगरी अबेर राति रेस्टुरेन्टमा पुगेका उनलाई सञ्चालकले मदिरादिन तयार नभएपछि काउन्टरमा तोडफोड गर्दा दुईवटा मोबाइलमा क्षति पुगेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले बताएका छन्।

शनिबार राति करिब १० बजे रेस्टुरेन्टमा विवाद भएपछि प्रहरीले यादव र युवतीसहित चारजनालाई पक्राउ गरेको थियो।


Leave a Reply

Your email address will not be published.